Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सबै राजनीतिक दलहरू मिल्नुको विकल्प छैन : गगन थापा

सबै राजनीतिक दलहरू मिल्नुको विकल्प छैन : गगन थापा

  • शनिवार, फाल्गुण १२ २०८०

  • 694
    SHARES

  • सबै राजनीतिक दलहरू मिल्नुको विकल्प छैन : गगन थापा

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताउनुभएको छ।

    आज काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरूले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रूपबाट प्रहार भइरहेको बताउनुभयो ।

    उहाँले सबै राजनीतिक दलहरू मिलेर नगएसम्म उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न नसकिने बताउनुभयो । महामन्त्री थापाले राजनीतिक दलहरू एक अर्काको आरोप प्रत्यारोपमा उत्रिँदा प्राप्त उपलब्धिमाथि भइरहेको आक्रमण रोक्न ध्यान नपुगेको बताउनुभयो । उहाँले सबै राजनीतिक दल र नेताहरूले मिलेर कसरी प्राप्त उपलब्धिको रक्षार्थ खट्ने भन्नेबारेमा छलफल गर्न जरुरी रहेको बताउनुभयो ।

    महामन्त्री थापाले प्रेस स्वतन्त्रताको कुरा गर्दै गर्दा समाजलाई पर्ने प्रभावका बारेमा सोचेर लेख्नुपर्ने बताउनुभयो । सञ्चारमाध्यमले प्राप्त गरेको अधिकारको दुरुपयोग भएको कुरालाई रोक्नुपर्ने कुरामा विशेष जोड दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।


    शनिवार, फाल्गुण १२ २०८००२:१३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij