Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गगन थापाले महासमिति बैठकमा गरेको प्रस्ताव सर्वसम्मतले पारित

गगन थापाले महासमिति बैठकमा गरेको प्रस्ताव सर्वसम्मतले पारित

  • बिहिवार, फाल्गुण १० २०८०

  • 927
    SHARES

  • गगन थापाले महासमिति बैठकमा गरेको प्रस्ताव सर्वसम्मतले पारित

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गरेको प्रस्ताव अन्नतः सर्वसम्मतले पारित भएको छ ।

    ललितपुरको गोदावरीमा भएको महासमितिको बैठकमा महामन्त्री थापाले चुनावमा कांग्रेसले गठबन्धन नगरी एक्लै लड्ने गरी सांगठनिक प्रस्ताव पेश गर्नुभएको थियो । उक्त प्रस्ताव बिहीबार महासमितिबाट पारित भएको हो।

    ‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ– हामी भविष्‍यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ उहाँको प्रस्तावमा उल्लेख गरिएको छ, ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्नेछौं ।’

    बैठकमा सभापति शेरबहादुर देउवा पक्षका कतिपय महासमिति सदस्यले गठबन्धन रणनीतिक विषय भएको तर्क गरेका थिए। त्यसैले अहिले नै निर्णय गर्न नहुने बताएका थिए। तैपनि उक्त प्रस्ताव सर्वसम्‍मतले पारित भएको हो। महामन्त्री गगन थापाले निर्णायार्थ पेश गर्दा कसैले विरोध गरेका थिएनन्।

    महासमिति सदस्यहरूले ताली बजाएर पारित गरेका थिए। त्यस्तै महासमिति बैठकले अन्य प्रस्तावहरू पनि पारित गरेको छ।

    उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र लेखा समिति संयोजक श्याम घिमिरेले लेखा प्रस्ताव पेश गरेका थिए।

     


    बिहिवार, फाल्गुण १० २०८००५:५२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij