Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पार्टी फुटाउनेहरुसँग सहकार्य हुँदैन : ओली

पार्टी फुटाउनेहरुसँग सहकार्य हुँदैन : ओली

  • बिहिवार, फाल्गुण १० २०८०

  • 963
    SHARES

  • पार्टी फुटाउनेहरुसँग सहकार्य हुँदैन : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने बताउनुभएको छ ।

    बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता–कार्यकर्ताहरूलाई एमालेमा प्रवेश गराउँदै उहाँले यस्तो बताउनुभएको हो ।
    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै उहाँले दुई तिहाइको पार्टी फोडेकोमा पश्चताप नगर्ने, पार्टी कमजोर बनाउने र दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चताप नगर्नेहरूलाई एमालेमा स्वागत गर्न नसकिने बताउनुभयो ।

    पार्टी प्रवेश गर्नेहरूमा पूर्व प्रदेशसभा सदस्य तथा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुसवाहा, आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, केन्द्रीय सदस्य सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी लगायतका नेताहरू रहेका छन् ।

     


    बिहिवार, फाल्गुण १० २०८००२:३५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij