Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

४० बुँदे माग राख्दै राप्रपाको काठमाडौंमा प्रदर्शन

४० बुँदे माग राख्दै राप्रपाको काठमाडौंमा प्रदर्शन

  • बुधवार, फाल्गुण ९ २०८०

  • 886
    SHARES

  • ४० बुँदे माग राख्दै राप्रपाको काठमाडौंमा प्रदर्शन

    काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ ।

    प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न माग राख्दै राप्रपाले विरोध प्रदर्शन गरेको हो ।

    आजदेखि काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । देशभर प्रदर्शन र सभा गरेर चैतको पहिलो साता काठमाडौं केन्द्रित प्रदर्शन र भेला गर्ने उहाँले बताउनुभयो ।

    आज काठमाडौंमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, र्‍यालीसहित दबाबमुलक कार्यक्रम गर्ने तथा देशका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको राप्रपाले जनाएको छ ।

     


    बुधवार, फाल्गुण ९ २०८००२:११:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij