काठमाडौं। शनिबार रामेश्वरी पन्तद्वारा लिखित पुस्तक स्वस्थानी व्रतकथा नारीशक्तिको महिमा, नारीकै शोषण लोकापर्ण सम्पन्न भएको छ ।
शिखा बुक्सद्वारा प्रकाशित पुस्तकमाथि प्रा.डा. विणा पौडेल, उप पा.डा. मीना उप्रेती तथा पत्रकार तथा लेखक दामोदर न्यौपानेले समिक्षा गर्नुभएको थियो ।
पुस्तकमाथि बोल्दै प्रा.डा. विणा पौडेलले किताब सबैको मनमा बस्न सक्ने गरी नारीको महत्व र शोषणलाई गहन र सृजनशिल शैलीमा लेखिएकोले संस्कृतिमाथि अध्ययन गर्नलाई मात्र होइन, सबैको लागि उपयोगी हुने बताउनु भयो ।
त्यसै उप प्रा.डा. उप्रेतीले स्वस्थानी र त्यसमा रहेका नारी पात्र माथि चुनौतीलाई सहज र व्यवहारिक रुपमा किताब आकार दिएर ठूलो चुनौती सामना गर्नुभएको बताउनुभयो । समाजशास्त्रिय रुपमा पनि पुस्तक उत्कृष्ट रहेको बताउनुभयो ।
पत्रकार तथा लेखक न्यौपानेले सबै वर्ग र क्षेत्रका उपयोगी रहेको पुस्तक सबैले पढन अनुरोध गर्नुभयो । शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार तथा संस्कृतिकर्मीहरूको उल्लेख्य उपस्थिति थियो । किताबको मूल्य ४२५ रुपैयाँ रहेको छ ।