Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना संक्रमणवाट गर्भवती महिला सहित थप ५ जनाको मृत्युु

नेपालमा कोरोना संक्रमणवाट गर्भवती महिला सहित थप ५ जनाको मृत्युु

  • बिहिवार, कार्तिक ६ २०७७

  • 1.2K
    SHARES

  • नेपालमा कोरोना संक्रमणवाट गर्भवती महिला सहित थप ५ जनाको मृत्युु

    नेपालमा कोरोना संक्रमणवाट गर्भवती महिला सहित थप ५जनाको मृत्युु भएको छ । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक जना गर्भवतीको मृत्यु भएको छ ।

    तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको आज बिहान उपचारको क्रममा मृत्युु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनुुुभयो ।

    यसैबिच, रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनि–७ का ३८ वर्षीय पुरुष र रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुुभएको छ ।

    यसैगरी, कोरोना संक्रमणपछि उपचार हुँदै गरेका थप एक जनाको आज बिहान भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मृत्यु हुनेमा पुर्वी चितवनको रत्ननगर नगरपालिका–१३ का ८५ वर्षीय पुरुष छन् ।

    यसैबिच, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको इनरुवा–१ का ८३ वर्षीय पुरुषको आज बिहाने मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुुभएको छ ।


    बिहिवार, कार्तिक ६ २०७७१२:४२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij