Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल निजी भ्रमणका लागि चितवन प्रस्थान

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल निजी भ्रमणका लागि चितवन प्रस्थान

  • आइतवार, माघ २८ २०८०

  • 873
    SHARES

  • पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल निजी भ्रमणका लागि चितवन प्रस्थान

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणा निजी भ्रमणका लागि चितवन प्रस्थान गर्नुभएको छ ।

    भ्रमणको कुनै पनि कार्यक्रम सार्वजनिक गरिएको छैन । राप्रपाको स्थानीय नेतृत्व भ्रमणबारे जानकार रहेपनि कार्यक्रमका विषयमा अनभिज्ञ देखियो ।

    राप्रपाका नगर सचिव सुलभ सिग्देलले भ्रमणबारे पूर्वराजाको सचिवालयबाट कुनै आधिकारिक जानकारी नआएको बताउनुभयो । प्रहरी स्रोतले पनि पूर्वराजा आउनेबारे जानकारी पाएको छ । के प्रयोजनका लागि आउन लागेको भन्ने चाहिँ अवगत नरहेको स्रोतले बतायो ।

    पूर्वरानी कोमलको जन्मोत्सव ७ फागुनमा पर्छ । उहाँको जन्मोत्सव मनाउने तयारी गरिएको छ । त्यसपछि मात्रै पूर्वराजारानी काठमाडौं फर्किनुहुनेछ ।

    यही बीचमा व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको एजेन्डासहित अर्को चरणको आन्दोलन गर्दैछन् । प्रसाईँको अभियानप्रति सकारात्मक भएपनि आफैँ उपस्थित हुन भने पूर्वराजा इच्छुक देखिनुभएन ।


    आइतवार, माघ २८ २०८००२:३६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij