Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

  • आइतवार, माघ २८ २०८०

  • 1.4K
    SHARES

  • सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार(आज) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० र तेजाबी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो ।

    साथै गत शुक्रबारको तुलनामा आज चाँदीको भाउ भने स्थिर रहेको छ । गत शुक्रबार १ हजार ३९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।


    आइतवार, माघ २८ २०८०१२:५२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij