Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चाहेजस्तो प्रतिफल दिन सकेनौं, स्वमूल्यांकन गरेर काम गर्छौ: डिगबहादुर लिम्बु

चाहेजस्तो प्रतिफल दिन सकेनौं, स्वमूल्यांकन गरेर काम गर्छौ: डिगबहादुर लिम्बु

  • आइतवार, माघ २८ २०८०

  • 440
    SHARES

  • चाहेजस्तो प्रतिफल दिन सकेनौं, स्वमूल्यांकन गरेर काम गर्छौ: डिगबहादुर लिम्बु

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले चाहेजस्तो प्रतिफल दिन नसकेको स्विकार गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री लिम्बुले सरकारमा रहेर गर्नुपर्ने र चाहेजति काम गर्न नसकेको स्विकार गर्दै केहि पनि गर्दै नगरेको भने नभएको स्पष्ट पार्नुभएको छ ।

    सरकारले मुलुक र जनताको हितको लागि केहि पनि काम गरेन भनेर बाहिर चर्चा र टिप्पणी भइरहेको जस्तो हुँदै नभएको समेत मन्त्री लिम्बुको दाबी रहेको छ ।

    सरकारमा रहेका मन्त्रीहरुले आफूले आफ्नै स्वस्थ रुपमा आलोचना, स्वमूल्यांकन गरेर, कार्यविधि संशोधन गरेर प्रतिफल दिने गरी काम गर्नुपर्छ भनेर काम गर्नुपर्ने बताउँदै आगामी दिनमा राम्रो र सुशासनका काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    हिजोको सरकारले केहि काम नगर्ने र स्वमूल्याङकन पनि नगर्ने गरेको आरोप लगाउँदै उहाँले अहिले आफूहरुले भएका कमजोरीलाई सुधार गर्दै राम्रा र विकासका काम गर्ने पक्षमा लागिपरेको बताउनुभएको छ ।

    सरकारले भ्रष्टाचार नियन्त्रणका लागि धेरै काम गरिरहेको बताउँदै उहाँले गलत र अव्यस्थित कार्यमा संलग्न जो कोहिलाई पनि कानुनी कारवाहीमा ल्याउने कुरामा सरकार पछि नहट्ने स्पष्ट पार्नुभयो ।

    सरकारको आलोचना मात्रै गर्ने पक्षले राम्रा काम गरेको कुरालाई प्रोत्साहन किन नगरेको भन्दै मन्त्री लिम्बुले प्रश्न समेत गर्नुभएको छ ।

    यस्तै आगामी बजेट मार्फत खेलकुद क्षेत्रको विकासका लागि विशेष योजना ल्याइने मन्त्री लिम्वुको भनाइ छ ।

    पछिल्लो समय खेलकुदबाट नेपालले विकास र सफलता प्राप्त गरिरहेको र अझैं आगामी दिनमा राम्रो प्रदर्शन हुने गरी काम गर्ने पनि उहाँले विश्वास दिलाउनुभयो । सरकार सधैं खेलाडीका पक्षमा रहेको पनि मन्त्री लिम्वुको भनाइ रहेको छ


    आइतवार, माघ २८ २०८००८:३०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij