काठमाडौं। सेयर बजार परिसुचक (नेप्से)आज दोहोरो अङ्कले बढेको छ। नेप्से आज १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५७ विन्दुमा पुगेको छ।
आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको सेयर बढेको छ। आज नेपाल टेलिकम, पिपुल्स पावर लिमिटेड र समाज लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ।
यस्तै, सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको १८ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भयो। आज स्वाभिमान लघुवित्तको सेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ।
आज सेयर बजार बढेपनि कारोबार रकम भने घटेको छ। आज ७४ लाख ९१ हजार कित्ता सेयर दुई अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएको छ।