Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पूर्वराजाको पार्टी खोल्ने सुर होला : केपी शर्मा ओली

पूर्वराजाको पार्टी खोल्ने सुर होला : केपी शर्मा ओली

  • सोमवार, माघ २२ २०८०

  • 702
    SHARES

  • पूर्वराजाको पार्टी खोल्ने सुर होला : केपी शर्मा ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह पार्टी खोल्न सक्रिय भएको हुनसक्ने बताउनुभयो ।

    आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, ‘पार्टी खोल्ने सुर होला । आधार बनाउन खोजेको होला, त्यसको लागि कोसिस गरेको होला ।’

    उहाँले संघीयता पहिलो पटक आएकाले बलियो बनाउन मेहनत गर्नुपर्ने बताउनुभयो ।

    जनतालाई प्रदेश सरकार आवश्यक हुनुपर्ने जस्तो अनुभूति हुने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘अहिले जनता के भन्न थालेका छन्, प्रदेशका मन्त्रीले झण्डा हलाएर मात्र के हुन्छ ? काम त केही भएन । जनताले के ठानुन् भने संघीयता आवश्यक छ, प्रदेश आवश्यक छ, स्थानीय तह आवश्यक छ । उनीहरुले राम्रो काम गरेको छ,’ ओलीले भन्नुभयो ।

     


    सोमवार, माघ २२ २०८००२:२५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij