Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका    

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका    

  • सोमवार, माघ २२ २०८०

  • 2.1K
    SHARES

  • इण्डियन आइडलबाट बाहिरिइन् मेनुका    
    काठमाडौं । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धाबाट मेनुका पौडेल बाहिरिएकी छन् । उत्कृष्ट १० सम्म पुगेकी मेनुका आइतबारको भागमा बाहिरिएको घोषणा गरिएको हो ।
     
    मेनुकाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् ।
     
    ‘इण्डियन आईडलको मेरो यात्रा अहिलेलाई सकिएको छ । तर नयाँ सांगीतिक यात्राको पनि भर्खर सुरु भएको छ । पहिले भन्दा अझै सक्रिय हुनेछु । यो मेरो सुरुवात हो, अन्त्य होइन’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
     
    उनी इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन् । यो अवधिमा मेनुकाले ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्यु समेत गरेकी छन् । ‘इन्डियन आइडल’मा  चिकित्सकहरूले उनलाई ‘एआई भिजन चस्मा’ समेत उपहार दिएका थिए ।
     
     
    झापाको हल्दिवारी गाउँपालिकामा जन्मिएकी फरक क्षमताकी मेनुकाको गायन प्रतिभाले भारतीय प्रतिष्ठित सञ्चार माध्यममा स्थान बनाएको थियो ।


    सोमवार, माघ २२ २०८००६:०४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij