काठमाडौं । केही दिन यता स्थिर रहेको सुनको मुल्य आज फेरि बढेकोको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य उकालो लागेसँगै स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा ८०० ले बढेर ९५ हजार ५ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ९४ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य पनि उकालो लागेको छ ।
चाँदी बुधबार एकैदिन तोलामा ३० रुपैयाँले बढेको हो । मंगलबार १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य तोलामै ३० रुपैयाँले बढेर १२ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।