Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोनाको उपचार सवैलाई निःशुल्क गर्न ५३ नागरिक संगठन र अगुवाहरुको अपिल

कोरोनाको उपचार सवैलाई निःशुल्क गर्न ५३ नागरिक संगठन र अगुवाहरुको अपिल

  • बुधवार, कार्तिक ५ २०७७

  • 792
    SHARES

  • कोरोनाको उपचार सवैलाई निःशुल्क गर्न ५३ नागरिक संगठन र अगुवाहरुको अपिल

    काठमाडौ । कोरोनाको परीक्षण र उपचार सवैलाई निःशुल्क गर्न नसक्ने सरकारको निर्णयप्रति नागरिक समाज तथा संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विभिन्न ५३ ओटा संघ संगठन र नागरिक अगुवाहरुले संयुक्त अपिल जारी गर्दै सरकारको निर्णय गैरजिम्मेबारपूर्ण भएकोले तत्काल निर्णय फिर्ता लिन समेत माग गरेका छन् ।

    नेपालको संविधानको प्रस्तावनामा नै समाजबाद उन्मुख राज्य व्यवस्था हुने र संविधानद्वारा प्रत्याभूत मौलिक हक र सर्वाेच्च अदालतको आदेशको समेत विपरित हुनेगरी सरकारले निर्णय गरेको उनीहरुको ठहर छ । संविधानको धारा ३५ को उपधारा १ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भन्ने व्यवस्था र सोही धाराको उपधारा ३ मा ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ’ भन्ने व्यवस्था रहेको वक्तव्यमा उल्लेख गरिएको छ ।

    त्यसै गरी जनस्वाथ्य सेवा ऐन, २०७५ मा सरुवा रोगलाई पनि आधारभूत स्वास्थ्य सेवा अन्तर्गत राखिएको पनि उनीहरुले सरकारलाई स्मरण गराएका छन् । वक्तव्यमा उपभोक्ता संरक्षण ऐन, २०७४ मा पनि प्रत्येक नागरिकको आधारभूत स्वास्थ्यमा गुणस्तरीय पहँुच उपलब्धता गराउनु, रोगको निदान र उपचार गर्नु गराउनु सरकारको अनिवार्य दायित्व हुने व्यवस्था रहेको पनि चर्चा गरिएको छ।

    “महामारीको उपचार संक्रमित व्यक्ति आफैले गर्नुपर्ने निर्णयले नागरिकको मौलिक हक र कानूनी हकको ठाडो उल्लंघन भएको, आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक र कानूनी हक भएकाले यस दायित्वबाट सरकार पन्छिन नमिल्ने हाम्रो निष्कर्ष र ठहर छ,” वक्तव्यमा लेखिएको छ ।

    वक्तव्य जारी गर्नेमा गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियो प्रसारक संघ, ज्येष्ठ नागरिक महासंघ, उपभोक्ता हित संरक्षण मञ्च, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, सामुदायिक वन उपभोक्ता महासंघलगायत रहेका छन्।


    बुधवार, कार्तिक ५ २०७७०१:१२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij