काठमाडौं। सेयर बजार परिसूचक नेप्सेमा आज पनि भारी गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार आज दोहोरो अंक ३०.९२ ले घटेर बन्द भएको छ। यससँगै नेप्से आज २०६७.०१ विन्दुमा कायम भएको छ।
सेन्सेटिभ इण्डेक्स १.२४ प्रतिशतले घटेर ३७३.९३ विन्दुमा झरेको छ।बुधबार नेप्से २१.६७ अंकले घटेर बन्द भएको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ।आज ४ अर्ब १८ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ।
यसदिन ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँमा कारोबार भयो।आज बजारमा कुनैपनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।
समाज लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ६.१० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो।सो कम्पनीको ५४ करोड बढि मूल्यको सेयर कारोबार भयो।
१२ वटा उपसमूहको सूचक नकारात्मक देखिदा एउटा उपसमूहको मात्रै सूचक बढ्यो। हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक २.३५ प्रतिशतले घटयो।