Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

मंगलबार पनि सेयर बजार बढेर २११९ अंकमा पुग्यो

मंगलबार पनि सेयर बजार बढेर २११९ अंकमा पुग्यो

  • मंगलवार, माघ १६ २०८०

  • 623
    SHARES

  • मंगलबार पनि सेयर बजार बढेर २११९ अंकमा पुग्यो

    काठमाडौं । मंगलबार पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा १४.८८ अंक बढेर नेप्से परिसूचक २११९ अंकमा पुगेको छ । सेयर कारोबार रकम झण्डै १ अर्ब बढेको छ ।

    सोमबार ४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भयो । कुल १५२ कम्पनीको मूल्य बढ्दा ८५ को घट्यो भने १० को स्थिर रह्यो ।

    अन्य समूह सबैभन्दा धेरै ३.५ प्रतिशत बढ्यो । त्यस्तै ब्यापार १.७६, होटल तथा पर्यटन १.५९ र हाइड्रोपावर समूह १.४७ प्रतिशत बढ्यो ।

    अंकका आधारमा बैंकिङ २, माइक्रोफाइनान्स ११, निर्जीवन बीमा ४ र फाइनान्स ०.०२ अंक घटे । विकास बैंक १२, होटल तथा पर्यटन ८७, हाइड्रोपावर ३९, जीवन बीमा ३६, उत्पादन ३८, अन्य ६३ र ब्यापार समूह ५० अंक बढे ।

    चन्द्रागिरि हिल्स, समाज लघुवित्त र रावा इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । सिनर्जी पावरको ८.७, सिंगटी हाइड्रो इनर्जीको ८.२, ग्रीनलाइफ हाइड्रोपावरको ७.९, विशालबजार कम्पनीको ७.६ र मकरजितुमाया हाइड्रोको ७.४ प्रतिशत मूल्य बढ्यो ।

    कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी पावर, नेपाल पुनर्बीमा, अरुणभ्याली हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

     


    मंगलवार, माघ १६ २०८००५:१९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij