Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सामाजिक सुरक्षा कोषले ठुला आयोजनाहरूमा लगानी गर्ने

सामाजिक सुरक्षा कोषले ठुला आयोजनाहरूमा लगानी गर्ने

  • मंगलवार, माघ १६ २०८०

  • 659
    SHARES

  • सामाजिक सुरक्षा कोषले ठुला आयोजनाहरूमा लगानी गर्ने

    काठमाडौं । सामाजिक सुरक्षा कोषले ठुला आयोजनाहरूमा लगानी गर्ने भएको छ । अर्बौँ रुपैयाँ लगानी योग्य रकम रहेको कोषले जलविद्युत क्षेत्र लगायतका ठुला आयोजनामा लगानी गर्ने भएको हो ।

    त्यसका लागि कोषले हाइड्रो इलेक्ट्रिीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलेपमेन्ट एन्ड कम्पनी लिमिटेड (एचआईडीसीएल) सँग लगानी सहकार्यको सम्झौता गरेको छ ।

    आज उर्जा जलस्रोत तथा सिँचाईं मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको उपस्थितिमा कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र एचआईडीसीएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुन प्रसाद गौतमले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

    सम्झौतामा दुवै पक्ष आ–आफ्नो प्रचलित नीति, नियमत तथा निर्णयको अधीनमा रही जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण तथा वितरणसँग सम्बन्धित आयोजनाहरूमा सहवित्तीयकरणमा सहभागी भई ऋण लगानी गर्ने र अन्य साझेदारी गर्ने लगायतका विषय उल्लेख गरिएको छ ।

    कोषमा रहेको रकम निरन्तर बढिरहेको अवस्थामा लगानी योग्य रकम थुप्रिएर बसेको थियो । सम्झौतासँगै अब लगानी गर्ने बाटो खुलेको हो । ऐनले तोकिदिएको क्षेत्रमा सुरक्षित एवम् दिगो प्रतिफलयुक्त तरिकाले कोषले लगानी गर्नेछ । उक्त रकम लगानी गरेर योगदानकर्तालाई दिगो प्रतिफल दिन तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गरी आर्थिक विकासमा टेवा पु¥याउन सम्झौता गरिएको कोषले जनाएको छ ।


    मंगलवार, माघ १६ २०८००२:४३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij