Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोशीलाई नै लिएर गठबन्धन भत्किने र भत्काउने कुरा गर्नु उचित छैन, छानविन गरेर अगाडि बढौं: देवेन्द्रराज कँडेल

कोशीलाई नै लिएर गठबन्धन भत्किने र भत्काउने कुरा गर्नु उचित छैन, छानविन गरेर अगाडि बढौं: देवेन्द्रराज कँडेल

  • आइतवार, माघ १४ २०८०

  • 529
    SHARES

  • कोशीलाई नै लिएर गठबन्धन भत्किने र भत्काउने कुरा गर्नु उचित छैन, छानविन गरेर अगाडि बढौं: देवेन्द्रराज कँडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले कोशी प्रदेशलाई नै लिएर गठबन्धन भत्किने र भत्काउने कुरा गर्नु उचित नभएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कँडेलले राष्ट्रिय सभामा कोशीमा भएको घटना आफूहरुकै तर्फबाट भएको स्विकार गर्दै जे भयो गलत भयो आगामी दिनमा यस्ता घटनाहरु नदोहो¥याइ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । यस्तै नेता कँडेलले कोशीमा भएको घटनाको छानविन हुनपर्ने पनि बताउनुभएको छ ।

    माओवादी केन्द्रका केहि नेताहरुले भने कोशीमा भएको घातलाई लिएर अब गठबन्धनको विकल्प खोज्नुपर्ने र कांग्रेससँग संगै अगाडि बढ्न नसकिने प्रतिक्रिया दिइरहेका छन् ।

    तर कांग्रेस र अन्यदलका नेताहरुले भने एउटा घटनालाई लिएर पाँच वर्षसम्म संगै अगाडि बढ्ने प्रतिवद्धता र संकल्पसहित बनेको गठबन्धनमा दरार ल्याउन नहुने बताइरहेका छन् ।

    यस्तै नेता कँडेलले कोशीको घटनालाई लिएर गठबन्धनमा असर पर्छ भनेर सोच्नु नै व्यर्थ रहेको बताउनुभयो । यो निर्वाचनमा मात्रै नभएर विगतका दिनमा पनि यस्ता घटना भएको स्मरण गर्दै नेता कँडेलले आगामी दिनमा भने यस्ता घात र घटनाहरुलाई दोहो¥याउन नदिने प्रतिवद्धतासहित अगाडि बढ्नुपर्ने तर्क गर्नुभयो । आफूहरुले सुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानमा पनि यो विषयमा व्यापक छलफल हुने पनि उहाँको भनाइ छ ।


    आइतवार, माघ १४ २०८००८:१२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij