Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नेपालमा थप तीन हजार ९३ जनामा संक्रमण पुष्टि, २१ सय आठ संक्रमणमुक्त

नेपालमा थप तीन हजार ९३ जनामा संक्रमण पुष्टि, २१ सय आठ संक्रमणमुक्त

  • मंगलवार, कार्तिक ४ २०७७

  • 1.3K
    SHARES

  • नेपालमा थप तीन हजार ९३ जनामा संक्रमण पुष्टि, २१ सय आठ संक्रमणमुक्त

    काठमाडौं । देशमा पछिल्लो २४ घन्टामा तीन हजार ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवधिमा १३ हजार आठ सय ६१ जनाको नमुना परीक्षण गरेको जनाएको छ ।

    योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ३९ हजार एक सय २९ पुगेको छ । आज २१ सय आठजना संक्रमित निको भई डिस्चार्ज भएका छन्। अहिलेसम्म कुल ९६ हजार ६ सय नौजना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । संक्रमणमुक्त हुने दर ६९.४ प्रतिशत रहेको छ।

    हाल देशमा ४१ हजार सात सय ७४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    हाल १३ हजार पाँच सय ५९ जना संस्थागत आइसोलेसनमा र २८ हजार एक सय ९६ जना होम आइसोलेसनमा रहेको उहाँले बताउनुभयो। संक्रमितमध्ये दुई सय ७३ जना आइसियू र ७८ जनाको भेन्टिलेरमा उपचार भइरहेको गौतमले जानकारी दिनुभयो।


    मंगलवार, कार्तिक ४ २०७७०४:५४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij