Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘बुढीगण्डकीको काम छिटो तिव्र पारौं’: प्रधानमन्त्री ‘प्रचण्ड’

‘बुढीगण्डकीको काम छिटो तिव्र पारौं’: प्रधानमन्त्री ‘प्रचण्ड’

  • मंगलवार, माघ ९ २०८०

  • 539
    SHARES

  • ‘बुढीगण्डकीको काम छिटो तिव्र पारौं’: प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको कामलाई तीव्रता दिन आग्रह गर्नुभएको छ।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज आयोजित बुढीगण्डकी आयोजनालाई अगाडि बढाउने सम्बन्धी छलफलमा प्रधानमन्त्रीले उक्त आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयमिक आयोजना भएकाले निर्माणको कामलाई तीव्रता दिएर जानुपर्ने बताउनुभएको हो।

    जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण गरिसकेको परिस्थितिमा आयोजनाको निर्माण कार्यबारे कुनै प्रकारको अन्यौलता नरहन प्रधानमन्त्रीले मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र बुढीगण्डकी जलविद्युत् लिमिटेडलाई निर्देशितसमेत गर्नुभयो।

    प्रधानमन्त्रीले भन्नुभयो, “४३ अर्ब मुआब्जा वितरण भइसक्यो। थप अधिग्रहणका निम्ति जग्गा रोक्का गरिएको छ। फिल्ड अफिस स्थापना गरेर उद्घाटनसमेत भइसक्यो। अबपनि आयोजना अगाडि बढ्छ कि बढ्दैन भनेर सोच्नु हुँदैन। आयोजना अगाडि बढाउनुपर्छ। तपाईँहरू छिटो अगाडि बढ्नुस्।”


    मंगलवार, माघ ९ २०८००४:१६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij