Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा पछिल्लो २४ घण्टा नबित्दै कोरोना संक्रमणवाट थप १६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टा नबित्दै कोरोना संक्रमणवाट थप १६ जनाको मृत्यु

  • मंगलवार, कार्तिक ४ २०७७

  • 1.2K
    SHARES

  • नेपालमा पछिल्लो २४ घण्टा नबित्दै कोरोना संक्रमणवाट थप १६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा नबित्दै कोरोना संक्रमणवाट थप १६ जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित सात जनाको एकै दिन मृत्यु भएको छ।

    कोरोना पुष्टि भएर उपचार गराइरहेकामध्ये कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन, विराट नर्सिङ होम, न्युरो, विराट र नोबेल शिक्षण अस्पतालमा एकÐएक जनाले ज्यान गुमाएका हुन्। मृतक संक्रमितमध्ये पाँच महिला र दुई पुरुष छन्। मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीकोआज बिहान कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ। त्यस्तै ,विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धा महिलाको कोशीमै बिहान मृत्यु भएको छ।

    सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुषको हिजो साँझ कोशी कोभिडमै मृत्यु भएको छ। यता ,मोरङको रंगेली नगरपालिका–३ का ८५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा विराट नर्सिङ होम एवं अस्पताल प्रालिमा मृत्यु भएको छ। असोज २८ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। विराटनगरकै न्युरो अस्पतालमा, उपचाररत एक वृद्धा महिलाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१० की ६४ वर्षीया वृद्धाको बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिनुुभयो ।

    त्यस्तै ,विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धा महिलाको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। उपचारका क्रममा बिहान ८ बजेतिर उनको ज्यान गएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिनुुभयो ।
    त्यस्तै ,मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा ७६ वर्षीया संक्रमित वृद्ध महिलाको बिहान मृत्यु भएको छ।
    विराटनगरको कोशी अस्पतालमा मृत्यु भएका मोरङको रतुवामाई नगरपालिका–४ का ४० वर्षीय पुरुषको भने पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ।
    यसैबिच, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–३ का ७२ वर्षीय, धरान–१७ का ६८ वर्षीय र इटहरी उपमहानगरका ५६ वर्षीय पुरुष छन् ।
    प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनीहरु तीनै जनाको मृत्यु हिजो भएपनि प्रतिष्ठानको कोभिड अस्पतालले आज बिहान मात्र सार्वजनिक गरेको हो ।

    यसैबिच, रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक संक्रमितको मृत्यु भएको छ । बुटवल–११ की ४४ वर्षीया महिलालाई स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो ।
    उपचारकै क्रममा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुुभएको छ । यो सँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

    यसैबिच, दाङ देउखुरीको लमही नगरपालिका–५ का एक व्यक्तिको होम आइसोलेसनमै बसेको बेला घरमै मृत्यु भएको छ । लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको आज बिहान घरमै मृत्यु भएको हो । उता, पाल्पामा संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका–२ की ८५ वर्षीय वृद्धको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुुभयो । यता कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनधारेका ८१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    मुटुसम्बन्धी समस्या रहेका ती व्यक्तिको हिजो मृत्यु भएको वडाध्यक्ष राजकुमार जोशीले जानकारी दिनुभयो । यस्तै चितवनमा कोरोना संक्रमणबाट आज दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ११ का होम आइसोलेसनमा बसेका ९५ वर्षीय पुरुष छन् । यस्तै अर्का नवलपुर जिल्ला गैंडाकोट नगरपालिका ७ का ५० बर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।


    मंगलवार, कार्तिक ४ २०७७०१:३५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij