Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सहकारी पीडितहरूको विषयलाई संसद्को प्रमुख एजेण्डा बनाउँछौं : जीवन परियार

सहकारी पीडितहरूको विषयलाई संसद्को प्रमुख एजेण्डा बनाउँछौं : जीवन परियार

  • सोमवार, माघ ८ २०८०

  • 641
    SHARES

  • सहकारी पीडितहरूको विषयलाई संसद्को प्रमुख एजेण्डा बनाउँछौं : जीवन परियार
    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले अहिले पार्टी राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ । राष्ट्रियसभा निर्वाचन नजिकिएकाले त्यसको तयारी र निर्वाचनलाई सफल पार्न गतिविधि गरिरहेको बताउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै सहमहामन्त्री परियारले पार्टीको ‘समुदायमा कांग्रेस’ अभियान का लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटिनुका साथै राष्ट्रियसभा निर्वाचन सफल पार्न गतिविधि गरिरहेको पनि  बताउनुभयो ।
     
    यस्तै उहाँले सहकारीबाट पीडित भएका नागरिकहरूलाई सरकारले न्याय दिनुपर्ने बताउनुभएको    छ । सहकारीबाट ठुलो संख्यामा आम नागरिक मारमा परेको भन्दै उहाँले तत्काल सरकारले कडा भन्दा कडा कदम चाल्नुपर्ने बताउनुभयो । कांग्रेसले सहकारी पीडितहरूका विषयमा सरकार गम्भीर हुनुपर्ने भन्दै औपचारिक निर्णय नै गरेको बताउँदै सहमहामन्त्री परियारले अब संसद् खुल्ने बित्तिकै यसलाई प्रमुख एजेण्डा बनाउने जिकिर गर्नुभयो । उहाँले सहकारीबाट ठग्ने जोसुकै व्यक्ति भएपनि त्यसलाई कारबाहीको दायरामा ल्याएरै छोड्ने दाबी गर्नुभयो ।
     


    सोमवार, माघ ८ २०८००७:२१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij