Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

धीरेन शाहीको ‘घण्टाघर’ गजलसङ्ग्रह प्रकाशित

धीरेन शाहीको ‘घण्टाघर’ गजलसङ्ग्रह प्रकाशित

  • शुक्रवार, माघ ५ २०८०

  • 2.9K
    SHARES

  • धीरेन शाहीको ‘घण्टाघर’ गजलसङ्ग्रह प्रकाशित
    काठमाडौं । गजलकार धीरेन शाहीको दोस्रो गजलसङ्ग्रह ‘घण्टाघर’ प्रकाशित भएको छ । यस गजलसङ्ग्रहमा देश, काल, परिस्थिति, मायाप्रेम, वर्गसंघर्ष देखिने खालका किस्साहरू लगायत विविध पक्षको चर्चा गरिएको छ । 
     
    सुख शान्ति मिडिया/गौरी पब्लिकेसनद्वारा प्रकाशित कृतिभित्र ७३ ओटा गजल समेटिएका छन् । यस पुस्तकको नाम ‘घण्टाघर’लाई बिम्बका रुपमा प्रयोग गरिएको हो । यसअघि शाहीले २०७६ सालमा ‘प्रतिबिम्ब’ नामक सामूहिक कविता–गजलसङ्ग्रहको सम्पादन गरेका थिए ।  
     
    यस कृतिको भाषा सम्पादन पनि शाहीले नै गरेका छन् । यस कृतिमा वरिष्ठ साहित्यकार तथा समालोचक डा. शैलेन्द्र प्रकाश नेपाल, कवि र समालोचक डा. वन्दना पौडेल, प्रोलिफिक मा.वि र कलेजका प्रधानाध्यापक गोपाल ब. महतको शुभकामना सन्देश छ। 
     
    विशेष सहयोगीमा हिक्मतराज जोशी, दुर्गाप्रसाद जोशी, सुडल राई, गणेश अधिकारी, अक्कल धामी, दिनेश केसी छन् । आवरण आस्था पौडेलको रहेको छ ।  
     
    प्रकाशोन्मुख कृति "The Dead Earth" (a fiction based novel)छ ।


    शुक्रवार, माघ ५ २०८००३:४०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij