Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

७.२४ अंकले घट्यो नेप्से, ८ अर्ब १७ करोडको कारोबार

७.२४ अंकले घट्यो नेप्से, ८ अर्ब १७ करोडको कारोबार

  • बिहिवार, माघ ४ २०८०

  • 783
    SHARES

  • ७.२४ अंकले घट्यो नेप्से, ८ अर्ब १७ करोडको कारोबार
    काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार(आज) सेयर बजारको परिसूचक नेप्से ७ अंकले घटेको छ । अघिल्लो कारोबार दिन बुधबार  १२.१० अंकले घटेको नेप्से परिसूचक आज ७.२४ अंकले गिरावट आएर २१५५.८२ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स ०.६७ प्रतिशतले घटेको छ ।
     
    परिसूचक नेप्से घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ८ अर्ब १७ करोडमा खुम्चियो । यस दिन हाइड्रोपावरसहित ३ समूह बढे । अन्य सबैभन्दा धेरै १.३० प्रतिशत बढ्यो भने हाइड्रोपावर ०.७९ र फाइनान्स ०.२० प्रतिशत बढे । होटेल समूह सबैभन्दा धेरै १.४ प्रतिशत घट्यो । बैंकिङ ०.६४, विकास बैंक ०.६५, लगानी ०.७५, जीवन बीमा ०.५२, उत्पादन १.२८, माइक्रोफाइनान्स १.०२, निर्जीवन बीमा १.१३ र व्यापार समूह ०.८९ प्रतिशत घटे ।
     
    समग्र बजार घट्दा पनि रिडी पावर, गणपति लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर र माहुली लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सीईडीबी हाइड्रोपावरको ९.८ प्रतिशत बढ्यो । दोर्दी हाइड्रोपावरको ८.४, हिमालयन रिइन्स्योरेन्सको ८.४, इन्फिनिटी लघुवित्तको ७.९ प्रतिशत मूल्य बढ्यो । तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशत घट्यो । ग्लोबल आईएमई लघुवित्तको ७.३, थ्रीस्टार हाइड्रोको ७.१, नेपाल वेयरहाउजिङको ५.७ प्रतिशत मूल्य घट्यो ।
     
    कारोबार रकमका आधारमा हिमालयन रि–इन्स्योरेन्स अग्रस्थानमा रह्यो । सो कम्पनीको १ अर्ब ८४ करोड  ४२ लाख ३७ हजार ३२८ रुपैयाँमा खरिदबिक्री भयो । यसैगरी सोनापुर ३० करोड,नगदी ग्रुपको २३ करोड,रिडी पावरको १६ करोड र नेपाल वेयरहाउजिङको १५ करोड मूल्यको सेयर कारोबार गरी कमाउने पाँच शीर्ष कम्पनीभित्र परे ।
     
    यसदिन ११२ कम्पनीको मूल्य बढ्दा १३३ वटाको घट्यो भने २ को मूल्य स्थिर रह्यो ।
     


    बिहिवार, माघ ४ २०८००३:५३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij