Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा तीव्र उत्साह, बजार बुम–बुम

सेयर बजारमा तीव्र उत्साह, बजार बुम–बुम

  • मंगलवार, माघ २ २०८०

  • 1.1K
    SHARES

  • सेयर बजारमा तीव्र उत्साह, बजार बुम–बुम

    काठमाडौं । सेयर बजारमा तीव्र उत्साह बढेको छ । घट्दो बैंक ब्याजदर र प्राप्त तरलताका कारण लगानीकर्ताहरु उत्साहित हुँदा बजार बुम–बुम भएको हो ।

    मंगलबार सेयर बजार परिसूचक नेप्से एकैदिन ५४.५४ अंकले बढ्दै २ हजार १७५.१७ अंकमा उक्लिएको छ । त्यसो त यस दिन कारोबारमा समेत रेकर्ड राख्दै ८ अर्ब माथिको कारोबार भएको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

    यसदिन १३ वटै उपसूचक धनात्मक हुँदा अधिकांश उपसूचक २ प्रतिशत माथिले बढेका छन् । फाइनान्स समूह ४.७५ प्रतिशतले बढेको छ भने इनभेष्टमेन्ट समूह ३.७० प्रतिशतले, हाइड्रोपावर समूह ३.५१ प्रतिशतले र माइक्रोफाइनान्स समूह ३.०२ प्रतिशतले बढेको छ । अरु बाँकी उपसमूह २ प्रतिशत कमले बढेका छन् ।

    आज बुटवल पावर कम्पनी लि, युनाइटेड मोदीस हाइड्रोपावर लि, हिमालयन पावर पार्टनर लि, एनआरए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि र नेपाल वेयरहाउजिङ्ग कम्पनी लि.को सेयर मूल्यमा सर्किट लागेको छ भने डेढ दर्जन कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशतमाथिले बढेका छन् ।


    मंगलवार, माघ २ २०८००३:४४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij