Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विकाश खर्च थन्किनु र पुँजीगत खर्च आयभन्दा धेरै बढ्दै जानु अशुभ संकेत: हृदयश त्रीपाठी

विकाश खर्च थन्किनु र पुँजीगत खर्च आयभन्दा धेरै बढ्दै जानु अशुभ संकेत: हृदयश त्रीपाठी

  • मंगलवार, माघ २ २०८०

  • 476
    SHARES

  • विकाश खर्च थन्किनु र पुँजीगत खर्च आयभन्दा धेरै बढ्दै जानु अशुभ संकेत: हृदयश त्रीपाठी

    काठमाडौं । पूर्वमन्त्री हृदयश त्रीपाठीले विकाश खर्च थन्किनु र पुँजीगत खर्च आयभन्दा धेरै बढ्दै जानु अशुभ संकेत भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री त्रीपाठीले अर्थ मन्त्रालयले यो विषय जुन गम्भिरताका साथ हेर्नपथ्र्यो त्यसरी नहरेरिरहेको तर्क गर्दै बैकिङ प्रणालीका विसंगीले पनि असर पारिरहेको स्पष्ट पार्नुभयो ।

    अहिले समग्र अर्थतन्त्र आरोलो लाग्दो नै रहेको बताउँदै त्रीपाठीले घरघरमा पुगेको मन्दी र अर्थतन्त्रको विषयमा मन्त्रालय चुकेको आरोप लगाउनुभयो ।

    आन्तरिक व्यवस्थापनको त्रुटी र केहि बाह्य कारणको प्रभावले अर्थतन्त्र खुम्चिएको त्रीपाठीको भनाइ छ । अर्थतन्त्रलाई सुधार गर्न मूख्य भूमिका रहने अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले यो विषययमा गम्भिरतापूर्व नेतृत्व लिन नसकेको आरोप समेत लगाउनुभयो ।
    यस्तै अर्को प्रसंगमा पूर्व स्वास्थ्यमन्त्री त्रीपाठीले स्वास्थ्य क्षेत्र अस्वस्थ अवस्थामा भएको तर्क गर्नुभएको छ ।

    अहिले राजनीतिक आग्रह र पूर्वाग्रह बढि देखिएको स्वास्थ्य क्षेत्र यतिबेला अफ्ठ्यारो अवस्थामा भएको दाबी गर्नुभयो । यस्तै त्रीपाठीले कमिशनकै लागि अनावश्यक सामान खरिद गर्ने होडवाजी रहेको पनि बताउनुभएको छ ।


    मंगलवार, माघ २ २०८००९:१५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij