Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पेट्रोलको मूल्य घट्यो

पेट्रोलको मूल्य घट्यो

  • मंगलवार, माघ २ २०८०

  • 543
    SHARES

  • पेट्रोलको मूल्य घट्यो

    काठमाडौं । पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।हिजो सोमबार नेपाल आयल निगमले प्रतिलिटर १/१ रुपैयाँ घटाएको हो ।

    इन्डियन आयल कर्पोरेसनबाट सोमबार मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि मूल्य घटाएको हो ।

    मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३.५० र डिजेलको मूल्य १५३.५० रुपैयाँ कायम भएको छ ।

    दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ ।

    तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ ।


    मंगलवार, माघ २ २०८००७:१२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij