Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अब कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा, सरकार पछि हट्यो

अब कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा, सरकार पछि हट्यो

  • आइतवार, कार्तिक २ २०७७

  • 1.3K
    SHARES

  • अब कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा, सरकार पछि हट्यो

    काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार अब आफ्नै खर्चमा गर्नुपर्ने भएको छ ।

    सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

    उनीहरुले पनि कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।

    अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    उनका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू भइसकेको छ।


    आइतवार, कार्तिक २ २०७७०५:४७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij