Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अहिलेको नेता र दलहरुबाट देशले गती लिदैँन,आगामी फागुनमा आन्दोलनमा उत्रिन्छौँ: राजेन्द्र लिङदेन

अहिलेको नेता र दलहरुबाट देशले गती लिदैँन,आगामी फागुनमा आन्दोलनमा उत्रिन्छौँ: राजेन्द्र लिङदेन

  • शुक्रवार, पौष २७ २०८०

  • 501
    SHARES

  • अहिलेको नेता र दलहरुबाट देशले गती लिदैँन,आगामी फागुनमा आन्दोलनमा उत्रिन्छौँ: राजेन्द्र लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी फागुनमा आन्दोलनमा उत्रिने बताउनुभएको छ ।

    यीनै पार्टी र यीनै नेताहरुबाट अब देशले गती नलिने र धेरै नोक्सानी बेहोर्न पर्ने अवस्था आउन सक्ने लामो अभ्यास र परिक्षणबाट प्रमाणित भइसकेकाले यी सबैको विरुद्ध र देशका लागि आन्दोलन अपरिहार्य भइसकेको स्पष्ट पार्नुभयो । आगामी फागुनमा गर्ने आन्दोलनको प्रकार र दिन भने चाँडै विज्ञप्तीमार्फत सार्वजनिक गर्ने नेता लिङदेनको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका लिङदेनले नेतृत्वमात्रै नभएर अहिलेका नेताहरुले ल्याएको व्यवस्थासमेत असफल भइसकेकाले धैर्य गर्ने, पर्खने र झन् ठुलो क्षती बेहोर्नुभन्दा पनि अब व्यापक द्वन्दवाद सृजना गरेर, एउटा नयाँ सहमति सृजना गर्ने र देशलाई नयाँ व्यवस्थाबाट अगाडि बढाउने समय आइसकेको बताउनुभयो ।

    यस्तै नेता लिङदेनले देशले कुनै पनि क्षती बेहोर्न नपरिकन ठुला राजनीतिक दलहरुले नयाँ सम्झौताका लागि तयार हुनु, जुन सहमतिमा राजादेखि माओवादी सबै अटाउने नयाँ व्यवस्था निर्माण गर्न दलहरु सहमति हुनु देश र सबैको लागि हित हुने बताउनुभयो ।

    यस्तै अर्को प्रसंगमा नेता लिङदेनले कोशी प्रदेशको सम्बन्धमा सभामुखमा जाने कुरा पार्टीमा कुनै पनि सल्लाह नभएको बताउँदै प्रदेश कमिटीका सदस्यको निर्णयले सभामुखमा भाग लिएको कुरा सार्वजनिक भइसकेको स्पष्ट पार्नुभयो । सभामुखमा निर्वाचित अम्बरबहादुर विष्टलाई अब फिर्ता गर्ने वा निरन्तरता दिइने पार्टीको बैठक बसेर टुङगो लगाउने बताउनुभयो ।

    यस्तै, पृथ्वी जयन्तीका अवसरमा राप्रपाले आज देशभर विभिन्न कार्यक्रम गर्दैछ । पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन राप्रपाका नेताहरु देशभर खटिएको नेता लिङदेनले बताउनुभयो ।


    शुक्रवार, पौष २७ २०८००८:२४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij