काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै आइतबारसम्म देशभर संक्रमणबाटमृत्यु हुनेको संख्या सात सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर आइतबार २९ सय ४२ संक्रमित थप भएका छन् भने २३ सय २६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित बढेर ३९ हजार तीन सय ४१ पुगेको छ ।