नेपालमा पछिल्लो २४ घन्टामा २९ सय ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवधिमा १४ हजार आठ सय ७५ जनाको नमुना परीक्षण गरेको जनाएको छ ।
योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ । आज २३ सय २६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । अहिलेसम्म कुल ९२ हजार एक सय ६६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हाल देशमा ३९ हजार तीन सय ४१ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो ।
हाल १२ हजार नौ सय ३३ जना संस्थागत आइसोलेसनमा र २६ हजार चार सय आठजना होम आइसोलेसनमा रहेको उहाँले बताउनुभयो।