Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पञ्चेश्वर परियोजनाको डीपीआर फाइनल हुने अन्तिम चरणमा छ : प्रचण्ड

पञ्चेश्वर परियोजनाको डीपीआर फाइनल हुने अन्तिम चरणमा छ : प्रचण्ड

  • बुधवार, पौष २५ २०८०

  • 606
    SHARES

  • पञ्चेश्वर परियोजनाको डीपीआर फाइनल हुने अन्तिम चरणमा छ : प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पश्चेश्वर परियोजनाको डीपीआर फाइनल हुने अन्तिम चरणमा रहेको बताउनु भएको छ ।

    आज संसदीय समितिको बैठकमा जानकारी दिने क्रममा प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वरमा छिटै ब्रेक थ्रु हुन लागेको बताउनु भएको हो ।
    ‘पञ्चेश्वको डीपीआर फाइनल हुने अन्तिम चरणमा छ ।

    यो दुवै देशको राष्ट्रिय हितमा छ भन्नेमा सबै सहमत नै छौं’, प्रचण्डले समिति बैठकमा भन्नुभयो, ‘मेरो भारत भ्रमणका क्रममा जो वातावरण बन्यो, त्यो कारणले पञ्चेश्वर बन्ने वातावरण बन्यो । आउने केही दिनभित्र पञ्चेश्वरको ब्रेक थ्रु हुन्छ ।’

    पञ्चेश्वर परियोजनाले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकरात्मक असर पर्ने उहाँको भनाइ छ ।


    बुधवार, पौष २५ २०८००१:३७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij