काठमाडौं । कोरोना संक्रमणबाट थप ३ जनाको मृत्युु भएको छ । धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको छ ।
आज आईतवार बिहान कोभिड अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको अस्पतालका सह–प्रवक्त डा. आशिष श्रेष्ठले जानकारी दिनुुभएको छ ।
मृत्यु हुनेमा इटहरी–१ सुनसरीका ७९ वर्षीय पुरुष रहेका छन् । उनी पहिलेदेखि नै दीर्घ रोगी थिए । यसैबिच, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बर्दियाका एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
ठाकुरबाबा नगरपालिका(६ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुु भएको छ ।
उता, इलामकी ८ वर्षीया कोरोना संक्रमित बालिकाको मृत्यु भएको छ ।मिर्गौला पीडितसमेत रहेकी इलामको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीया बालिकाको दुई वटै मृगौलाले काम गर्न छाडेको थियो ।
४ दिनअघि कोरोना पोजिटिभ पुष्टि भएकी बालिकलाई उपचार गर्दा अवस्था सुधार नदेखिएपछि अस्पतालले डिस्चार्ज दिएकोमा उनको हिजो बाटोमै मृत्यु भएको हो ।