Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा दलहरुको निश्चित गुटको सभा जस्तै बन्ने देखियो: वरिष्ठ अधिवक्ता भट्टराई

राष्ट्रिय सभा दलहरुको निश्चित गुटको सभा जस्तै बन्ने देखियो: वरिष्ठ अधिवक्ता भट्टराई

  • मंगलवार, पौष २४ २०८०

  • 483
    SHARES

  • राष्ट्रिय सभा दलहरुको निश्चित गुटको सभा जस्तै बन्ने देखियो: वरिष्ठ अधिवक्ता भट्टराई

    काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले राष्ट्रिय सभा दलहरुको निश्चित गुटको सभा जस्तै बन्ने देखिएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता भट्टराईले उम्मेदवारहरुको अनुहार र पृष्ठभुमि हेर्दा राष्ट्रिय सभा दलहरुको निश्चित गुटको सभा, समाज, जनताले अस्विकार गरेका पात्रहरुको सभा र संविधानको परिकल्पना विपरितका मान्छेहरुको सभाजस्तो बन्ने आरोप लगाउनुभयो ।

    हिजोको उम्मेदवारी हेर्दा संविधानले जुन उदेश्यका साथ संविधान निर्माताहरुले राष्ट्रिय सभालाई परिकल्पना गरेका थिए त्यो उदेश्य पुरै पराजित भएको अधिवक्ता भट्टराईको भनाइ छ ।

    सातै प्रदेशमा बहुमत देखिएको सत्ता गठबन्धनका दलले संविधानको मर्म र राष्ट्रिय सभाको चरित्रलाई आत्मसात् नगरी उम्मेदवार बनाएका छन् यसको आलोचना र विरोध भइरहेको छ ।

    यस्तै, निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन समय तोकिएको छ । हिजो मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुने र पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।

    माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् ।


    मंगलवार, पौष २४ २०८०१०:११:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij