Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सहकारी पीडितको समस्या सम्बोधनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन 

सहकारी पीडितको समस्या सम्बोधनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन 

  • सोमवार, पौष २३ २०८०

  • 1.3K
    SHARES

  • सहकारी पीडितको समस्या सम्बोधनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन 
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समस्याग्रस्त सहकारीहरूको समस्या सम्बोधन गर्न व्यवस्थित प्रस्ताव लिएर आउन अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको छ । उहाँले सहकारीमा समस्या हुँदा लाखौं निक्षेपकर्ताहरू प्रताडित भएको भन्दै समस्या समाधानका लागि पहल लिन अर्थमन्त्रालयलाई निर्देशन दिनुभएको हो ।
     
    सोमबार(आज) सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले सहकारीले घर न घाटको बनेका नागरिकहरूको पीडामा मलमपट्टी गर्ने गरी समाधानको उपाय खोज्न आग्रह गर्नुभयो ।
     
    ‘सहकारीको समस्या छिटो समस्या नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, उनीहरू घर न घाटको भएका छन्। उनीहरूको समस्या कसरी सम्बोधन गर्ने रु त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस्,’  प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
     
    छलफलमा अर्थमन्त्री प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैंकले गर्ने गरी निर्णय गरेर जानुपर्ने बताउनुभएको थियो ।
     


    सोमवार, पौष २३ २०८००५:५६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij