Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मनोनयन दर्ता गर्न गएका एमाले उम्मेदवारको मतदाता नामावलीमा नामै नभेटिएपछि...

मनोनयन दर्ता गर्न गएका एमाले उम्मेदवारको मतदाता नामावलीमा नामै नभेटिएपछि...

  • सोमवार, पौष २३ २०८०

  • 1.4K
    SHARES

  • मनोनयन दर्ता गर्न गएका एमाले उम्मेदवारको मतदाता नामावलीमा नामै नभेटिएपछि...
    काठमाडौं । मधेश प्रदेशमा नेकपा एमालेको राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नहुँदा मनोनयन रोकिएको छ । सिंहको मनोनयन नभएपछि विजेता झाले मनोनयन गर्ने तयारी गर्नुभएको छ ।
     
    एमालेबाट राष्ट्रिय सभा सदस्य अन्य तर्फका उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभएपछि एमालेले विजेता झालाई उम्मेदवार बनाएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनका लागि आएका सिंहको नाम मतदाता नामावलीमा नभेटेपछि झालाई उम्मेदवार बनाउन लागिएको एमालेका केन्द्रीय सदस्य सञ्जीव झाले बताउनुभयो ।
     
    कुमारी विजेता यसअघि नेपाली कांग्रेसको धनुषा क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि भए पनि २०७९ सालको स्थानीय तहको चुनावमा कांग्रेसले उपमेयरको टिकट नदिएपछि उहाँ एमालेमा प्रवेश गर्नुभएको थियो ।


    सोमवार, पौष २३ २०८००२:३०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij