काठमाडौँ – नेपालमा बितेको २४ घण्टामा १ हजार ८०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमित भएर निको हुनेको संख्या निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १२ लाख ६९ हजार ६०५परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १५ हजार ५३१ पीसीआर परीक्षण भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७१५ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।