Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा भारी अङ्कको गिरावट

सेयर बजारमा भारी अङ्कको गिरावट

  • आइतवार, पौष २२ २०८०

  • 633
    SHARES

  • सेयर बजारमा भारी अङ्कको गिरावट

    काठमाडौं। सेयर बजार परिसुचक नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ।हप्ताको पहिलो दिन आज नेप्से २६ दशमलव ३६ अङ्कले घटेर दुई हजार २२ दशमलव ९२ विन्दुमा झरेको छ।

    आज हाइड्रोपावर बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, व्यापार र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ।

    आज सबैभन्दा धेरै मानुषी लघुवित्तको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन आज तेह्रथुम पावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। यस्तै चार वटा कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ।

    आज एक करोड ५२ लाख कित्ता शेयर पाँच अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २८ करोड रुपैयाँको शेयर किनबेच भयो।

     


    आइतवार, पौष २२ २०८००४:३८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij