Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यमा दुर्गा पौडेल

राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यमा दुर्गा पौडेल

  • आइतवार, पौष २२ २०८०

  • 3.0K
    SHARES

  • राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यमा दुर्गा पौडेल

    काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यबारे पनि सहमति जुटेको छ ।

    राष्ट्रपतिबाट मनोनीत एकसहित राष्ट्रियसभा २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ । १९ सिटका लागि २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा निर्वाचन मिति तोकिएको छ ।

    राष्ट्रिय सभाको सिट बाँडफाँटका लागि सत्तारुढ दलहरुको बैठक निरन्तर बस्दै आएको छ । आइतबार बिहान बसेको बैठकमा एकीकृत समाजवादीले पाउने सिट बारे सहमति जुट्न बाँकी छ । कांग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने प्रस्ताव छ । तर एकीकृत समाजवादीले ३ सिट पाउनुपर्ने अडान राखेका कारण सहमति हुन सकेको छैन ।

    स्रोतका अनुसार राष्ट्रपतिले मनोनीत गर्ने सदस्यबारे पनि सहमति जुटिसकेको छ । यो सिटमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनीत गर्ने सहमति भएको हो ।

    नेकपा मसालका महासचिव मोहनविक्रम सिंहकी पत्नी पौडेल प्रतिनिधि सभा निर्वाचनमा प्युठानबाट नेकपा एमालेका उम्मेदवार सूर्य थापासँग पराजित हुनुभएको थियो ।


    आइतवार, पौष २२ २०८००१:५०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij