Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौँमा नयाँ कोरोेना संक्रमित कति?

काठमाडौँमा नयाँ कोरोेना संक्रमित कति?

  • शनिवार, कार्तिक १ २०७७

  • 1.1K
    SHARES

  • काठमाडौँमा नयाँ कोरोेना संक्रमित कति?

    काठमाडौँ – काठमाडौँ उपत्यकामा थप १७४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १७४६ जनामा कोरोना पुष्टि भएको हो।

    त्यसमध्ये काठमाडौँका १ हजार ४ सय ५१ जना, भक्तपुरका १ सय ५३ जना र ललितपुरका १ सय ५२ जना छन्।

    उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

    यस्तै नेपालमा बितेको २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १५ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको थियो।

    अब देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ जना पुगेका छन् ।

    जसमा संस्थागत आइसोलेशनमा १३ हजार २९९ र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन् ।

    यस्तै हालसम्म कोरोना निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

    मन्त्रालयका प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार बितको२४ घण्टामा १५,४३८ जनाको पीसीआर भएको छ भने हालसम्म पीसीआर परीक्षण हुनेको कुल संख्या १२ लाख ६९ हजार ६०५ पुगेको छ ।

    यसैगरी आज १२ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७२७ पुगेको छ ।


    शनिवार, कार्तिक १ २०७७०५:४१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij