Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बरहथवा घटना: तीन सदस्यीय छानबिन समिति गठन, मृतकका परिवारलाई १० लाख राहत

बरहथवा घटना: तीन सदस्यीय छानबिन समिति गठन, मृतकका परिवारलाई १० लाख राहत

  • शनिवार, पौष २१ २०८०

  • 960
    SHARES

  • बरहथवा घटना: तीन सदस्यीय छानबिन समिति गठन, मृतकका परिवारलाई १० लाख राहत
    काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा शुक्रबार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने भएको छ । मन्त्रालयले सो घटनाका विषयमा छानबिन गर्न ३ सदस्यीय समितिसमेत गठन गरेको छ । 
     
    मन्त्रालयले शनिबार(आज) सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको छानबिन समिति गठन गरेको हो ।
     
    मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै बरहथवा घटना सम्बन्धमा सत्य(तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेको जानकारी दिनुभयो।
     
    ‘उक्त घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी ७ (सात) दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयको मिति २०८०÷०९÷२१ गतेको निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
     
    यस्तै नेपाल सरकारको तर्फबाट मृतकको परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्देशन भएको पनि विज्ञप्तिमार्फत जनाउनुभएको छ ।
     
    अस्पताल स्तरोन्नति गर्ने/नगर्ने विषयमा शुक्रबार छलफलमा विवाद उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चलाएको गोली लागेर साहको मृत्यु भएको थियो । उक्त स्थानमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म कर्फ्यु आदेश जारी गरिएको थियो । अहिले त्यस क्षेत्रमा निषेधाज्ञा जारी छ ।
    hom-2-0612024011312-1000x0.jpg


    शनिवार, पौष २१ २०८००७:०३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij