Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचन: निर्वाचन अधिकृत परिवर्तन, को–कहाँ ?

राष्ट्रियसभा निर्वाचन: निर्वाचन अधिकृत परिवर्तन, को–कहाँ ?

  • बिहिवार, पौष १९ २०८०

  • 965
    SHARES

  • राष्ट्रियसभा निर्वाचन: निर्वाचन अधिकृत परिवर्तन, को–कहाँ ?
    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन अधिकृत परिवर्तन गरेको छ । न्याय परिषद्को निर्णयको आधारमा जिल्ला अदालतका केही न्यायाधीशहरू उच्च अदालतमा नियुक्त भएसँगै आयोगले पनि आफ्नो पूर्व निर्णयहरू हेरफेर गरेको हो । 
     
    माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका गत पुस १२ गते आयोगले  सात वटै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको थियो ।  
    जसअनुसार कोशी प्रदेशका लागि दुर्गा प्रसाद ढुङ्‍गेल, मधेश प्रदेशका लागि नारायण प्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशव प्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि ओम प्रसाद अर्याल नियुक्त हुनुभएको थियो । 
     
    तर, न्याय परिषद्को पुस १८ गतेको निर्णयबाट उहाँहरू उच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुनुभएको हो । यस्तै बागमती प्रदेशको निर्वाचन अधिकृत तोकिएका महेन्द्र बहादुर कार्कीले पनि  स्वास्थ्य समस्याका कारण देखाउँदै निर्वाचन अधिकृतको पदमा रही काम गर्न असमर्थ भएको निवेदन पेश गरेपछि त्यहाँपनि नयाँ निर्वाचन अधिकृत तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । जगेडा सूचीमा रहेका जिल्ला न्यायाधीशहरूलाई राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम आजैका मितिदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको उहाँले आज जानकारी दिनुभयो । 
     
    जसअनुसार कोशी प्रदेशमा विष्णु प्रसाद गौतम, मधेस प्रदेशमा चित्रबहादुर गुरुङ, बागमती प्रदेशमा श्रीप्रसाद सञ्जेल, गण्डकी प्रदेशमा ऋषिराज आचार्य, लुम्बिनी प्रदेशमा कुलप्रसाद पाण्डे, कर्णाली प्रदेशमा मनोज श्रेष्ठ र सुदूरपश्चिम प्रदेशमा विष्णु प्रसाद अवस्था  नियुक्त हुनुभएको छ ।
    press1.png.webp
     


    बिहिवार, पौष १९ २०८००२:५७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij