हुनु पर्ने सरकारको भर
हुँदैछ सरकारकै डर
रोजगार दिन सक्दैन अरूलाई
परिवार र आसेपासे बाहेक
दुरुपयोग गर्छ जनताले तिरेको कर
वास्ता गर्दैन जनताको कष्ट र कहर
हत्याराहरू छन् गाउँ गाउँ र सिंहदरबार ।
सत्ताको तर मार्नेहरू
बचाऔँ गर्छन् र भन्छन्
स्वीकार है हो यो राम राज्य
उनीहरूलाई थाहा छ तर बोल्दैनन्
चलिरहेको लुटको साम्राज्य
जनता जिन्दाबाद भन्छन् हर प्रहर
हत्याराहरू छन् गाउँ गाउँ र सिंहदरबार ।
हिजो पनि त यस्तै भाको
र त जनता सडकमा आको
अवस्था र व्यवस्था परिवर्तन गर्न
भनेरै तातो गोली खाको
वर्ग उत्थानको लागि साझा नारा लगाको
जनताकै कर को गोली खादै
कसलाई छर यार देश छोड्ने रहर
हत्याराहरू छन् गाउँ गाउँ र सिंहदरबार ।