Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जनतालाई आर्थिक क्रान्ति र समृद्धि दिन सबै दलहरूबीच राष्ट्रिय एकता आवश्यक छ : डा. डिला संग्रौला

जनतालाई आर्थिक क्रान्ति र समृद्धि दिन सबै दलहरूबीच राष्ट्रिय एकता आवश्यक छ : डा. डिला संग्रौला

  • सोमवार, पौष १६ २०८०

  • 760
    SHARES

  • जनतालाई आर्थिक क्रान्ति र समृद्धि दिन सबै दलहरूबीच राष्ट्रिय एकता आवश्यक छ : डा. डिला संग्रौला
    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज कांग्रेसले लोकतन्त्र प्राप्तिका लागि पटकपटक भएका आन्दोलनमा योगदान गरेका, वृहत शान्ति सम्झौताका पक्षधरलगायत राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेर आजको परिस्थितिमा संविधान कार्यान्वयन, राष्ट्रियता, लोकतन्त्र, समाजवाद र समृद्धि नेपाली जनतालाई दिनको लागि सबै दल एक ठाउँमा उभिनु पर्छ भनेर भव्य विचार विमर्श कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
     
    आजको परिप्रेक्ष्यमा नेपाली जनतालाई आर्थिक क्रान्ति समृद्धि र विकास दिनुपर्ने भन्दै उहाँले यसको लागि सबै दलहरूबीच राष्ट्रिय एकता तथा मेलमिलाप आवश्यक रहेको औंल्याउनु भएको छ । उहाँले कांग्रेस आफैं लोकतान्त्रिक पार्टी भएकाले पार्टी भित्र आन्तरिक लोकतन्त्र सबै संगठनका नेतृत्व गर्ने नेतासँग एकता हुनुपर्नेमा जोड दिनुभयो ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै डा. संग्रौलाले अब आर्थिक क्रान्ति समृद्धि भएको बताउँदै जनताको अवस्था परिवर्तन गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।
     
    फरक प्रसंगमा डा. संग्रौलाले बालकुमारी घटनामा सम्बन्धित मन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गर्नुभयो । उहाँले गठबन्धनको बैठकमा पनि यो कुरा उठेको बताउँदै सम्बन्धित मन्त्रीले राजीनामा दिनुपर्ने र यस घटनाको गम्भीर भएर छानबिन गर्नुपर्ने बताउनुभयो । साथै उहाँले दक्ष युवाहरूलाई नेपालमा राख्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
     


    सोमवार, पौष १६ २०८००७:२९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij