Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट तेस्रो प्रभावित देश : भारत

कोरोनाबाट तेस्रो प्रभावित देश : भारत

  • सोमवार, आषाढ २२ २०७७

  • 873
    SHARES

  • कोरोनाबाट तेस्रो प्रभावित देश : भारत

    विश्वभरि कोरोना सङ्क्रमणले भारत तेस्रो सबैभन्दा बढी प्रभावित राष्ट्र बनेको छ । पछिल्लो चौबिस घण्टामा २४ हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेसँगै भारतमा अमेरिका र ब्राजिलपछि तेस्रो सबैभन्दा बढी सङ्क्रमित हुने राष्ट्र बनेको छ । रुसमा पछिल्ला दिनहरूमा सङ्क्रमित हुनेको सङ्ख्या स्थिर हुँदा चौथो सबैभन्दा बढी प्रभावित राष्ट्र हो ।

    बीबीसीका अनुसार भारतमा सोमबार बिहानसम्म कोरोनाभाइरसका छ लाख ९७ हजार ४१३ जना सङ्क्रमित छन् । कोरोनाभाइरस सङ्क्रमित १९ हजार ६९३ जनाको मृत्यु भएको छ । मृतक सङ्ख्याबमोजिम भारत आठौँ सबैभन्दा बढी प्रभावित राष्ट्र हो ।

    भारतले पछिल्लो महिनादेखि लकडाउन खुकुलो गरेयता दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो छ । दैनिक करिब २० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिँदैआएका छन् ।


    सोमवार, आषाढ २२ २०७७०१:५६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij