Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकार तटस्थ र लक्ष्यनिर्दिष्ट भए देशमा भ्रष्टाचार अन्त्य हुन्छ: मीन विश्वकर्मा

सरकार तटस्थ र लक्ष्यनिर्दिष्ट भए देशमा भ्रष्टाचार अन्त्य हुन्छ: मीन विश्वकर्मा

‘कार्यसम्पादन र क्षमताका आधारमा मन्त्रीहरु फेरबदल हुन्छन्’
  • बिहिवार, पौष १२ २०८०

  • 619
    SHARES

  • सरकार तटस्थ र लक्ष्यनिर्दिष्ट भए देशमा भ्रष्टाचार अन्त्य हुन्छ: मीन विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकार तटस्थ र लक्ष्यनिर्दिष्ट भए देशमा भ्रष्टाचार अन्त्य हुने बताउनुभएको छ ।

    पहुँचवाला व्यक्तिहरुले गैरकानुनी र अनैतिक लाभ लिने र पहुँचविहिन व्यक्तिहरुले देशमा केहि छैन भन्ने भएर विदेश पलायन हुने लहड देखिएको यो विकराल अवस्थाबाट देशलाई जोगाउनुपर्ने पूर्व वाणिज्य मन्त्रीसमेत रहनुभएका नेता विश्वकर्माको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विशवकर्माले सरकार अत्यन्तै तटस्थ र लक्ष्यनिर्दिष्ट भएर दिनानुदिन विकाशका नयाँ काम गर्ने जस्ले गर्दा युवाशक्तीमा सरकारले यस्तो काम गर्दै छ अब विदेशीनु पर्दैन र स्वदेश मै फर्किदा हुन्छ भन्ने महसुस गराओस् र भ्रष्टाचार गर्नेहरुलाई पनि सरकारले यस्तो निर्णय गर्‍यो अब भ्रष्टाचार गर्न मिल्दैँन, थुनिन्छ र पक्राउ परिन्छ भन्ने महसुस गराउन सकेमात्रै देशको विकाश हुने र भ्रष्टाचार बेथिती अन्तय हुने दाबी गर्नुभयो ।

    गलत नियतले काम गर्नेहरुलाई निरुतसाहित गर्ने र निराशा बोकेकालाई आसा जगाउनु नै सरकारको अहिलेको मूख्य काम भएको नेता विश्वकर्माले स्पष्ट पार्नुभयो ।

    यस्तै सरकारले गनुपर्ने काममा तीव्र गतिको परिवर्तन नदेखिएपछि आम नागरिकमा अब देशमा केहि पनि हुन सक्दैँन भन्ने भाष्य निर्माण भएकाले पहुँचवालालाई ब्रम्हलुट गर्ने अवसर सिर्जना गर्ने र पहुँच नभएकालाई निराशा हुँदै विदेश पलायन हुने अवस्था आएको तर्क गर्नुभयो ।

    यस्ता चुनौतीलाई पार गर्दै अवसरमा बदल्नुपर्नेमा जोड दिँदै समस्यालाई समाधानमा रुपान्तरण गर्न आवश्यक रहेको र अहिलेको सरकारको मूख्य जिम्मेवारी पनि यहि भएकाले यीनै विषयमा मन्त्रीहरुले काम गर्नुपर्ने नेता विश्वकर्माको सुझाव रहेको छ ।

    यस्तै नेता विश्वकर्माले कार्यसम्पादन र क्षमताका आधारमा केहि समयपछि मन्त्रीहरुले फेरबदल हुने पनि बताउनुभएको छ ।


    बिहिवार, पौष १२ २०८००८:०९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij