काठमाडौँ – नेपालमा बितेको २४ घण्टामा थप ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण गरिएकोमा ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ५ सय २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ भने ४ हजार ८ सय ८ जना क्वारेन्टिनमा छन्।
पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।