Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

  • बुधवार, पौष ११ २०८०

  • 589
    SHARES

  • सेयर बजारमा दोहोरो अंकको गिरावट

    काठमाडौं। सेयर बजार परिसुचक नेप्से आज दोहोरो अङ्कले घटेको छ। नेप्से आज १७ दशमलव २३ अङ्कले घटेर दुई हजार ७० दशमलव ८४ विन्दुमा झरेको छ। आज म्युचल फन्ड र निर्जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ।

    आज सबैभन्दा धरै वीपीडब्ल्यू लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। समग्रमा बजार घटेपनि आज सात वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।

    आज एक करोड ४३ लाख ३७ हजार कित्ता शेयर पाँच अर्ब २४ करोड ८७ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १९ करोड ६६ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ।


    बुधवार, पौष ११ २०८००३:३१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij