Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई प्रश्न— सरकारका एक वर्षे उपलब्धि के हुन् ?

प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई प्रश्न— सरकारका एक वर्षे उपलब्धि के हुन् ?

  • मंगलवार, पौष १० २०८०

  • 714
    SHARES

  • प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई प्रश्न— सरकारका एक वर्षे उपलब्धि के हुन् ?
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एक  वर्षको अवधिमा सरकारले गरेका कामहरू र गर्न नसकेका कामहरूको बारेमा आज प्रधानमन्त्रीले प्रष्ट पार्ने बताउनुभएको छ । प्रधानमन्त्रीले सरकारमा आउँदाको अवस्था र अहिले एक वर्षको कार्यकालमा गरेका कामको फेहरिस्त प्रस्तुत गर्ने बताउनुभयो । 
     
    प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै आचार्यले  एक वर्षको अवधिमा सुशासन र सामाजिक न्यायको पक्षमा थुप्रै उपलब्धि हासिल गरेको बताउनुभयो । देश श्रीलङ्का जस्तो बन्दै छ भन्ने भाष्य निर्माण भएको अवस्थाबाट सरकारको नेतृत्व लिनुभएका प्रधानमन्त्री प्रचण्डले देशमा रहेका बेथितिलाई अन्त्य गर्दै भ्रष्टाचारका ठुल–ठुला काण्डहरूका दोषीलाई कारबाही भएको दाबी गर्नुभयो ।  
     
    नेपालीहरू नागरिकताविहीन रहेको अवस्थामा नागरिकता विधेयक पास गरेर ७० हजार नागरिकले नागरिकता प्राप्त गरेको बताउँदै उहाँले मिटर ब्याज पीडितहरूले न्याय पाएको, विमानस्थलबाट हुने सुन तस्करीलाई नियन्त्रण गरेको बताउनुभयो । सरकारले केही गर्न सकेन भन्नेहरूलाई यी कामहरूले खण्डन गर्ने उहाँले दाबी गर्नुभयो । एकैपटक सबै परिणाम नआउने भएकाले बिस्तारै सुधार हुँदै गएको बताउनुभयो ।
     


    मंगलवार, पौष १० २०८०१०:१९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij