काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत नआउने अवस्था रहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको बताउनुभएको छ ।
तनहुँ जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो छ । पार्टीलाई बलियो बनाएर जानसके मात्रै ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।’
उहाँले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउनुभयो । गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।